मादीमा करेन्ट लागेर युवक गम्भिर घाइते, कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै

हाइड्रोपावरको लापरवाहीले घटना घट्यो: वडा कार्यालय

पाेखरा | असार १६, २०८२

मादीमा करेन्ट लागेर युवक गम्भिर घाइते, कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै

पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् । 


शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुपरमादी हाईड्रोपावरको हाईटेन्सन लाइनमा छुदा करेन्ट लागेर बराल घाइते भएको मादी गाउँपालिका–६ वडा कार्यालयले जनाएको छ । 


वडा कार्यालयले आइतबार विज्ञप्ती जारी गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरेको छ । 


विज्ञप्तीमा लेखिएको छ, ‘सार्वजनिक पूर्वाधार तथा विद्युत सुरक्षासम्बन्धी कानुनी दायित्वअनुसार सुपरमादीले आफ्नो विद्युत प्रसारण लाइनको सुरक्षा मापदण्ड पालना गर्नुुपर्ने कानूनी दायित्व रहँदासेमत उक्ता दुर्घटना हुन अत्यन्तै दुःखद र लापरवाही देखिन्छ ।’


वडा कार्यालयले नेपालको प्रचलित कानून अनुसार कुनै पनि कम्पन्नी वा संस्थाको कारणबाट तेस्रो पक्षलाई भएको क्षतिको लागि सम्बन्धित संस्था जिम्मेवार ठहरिन्छ ।तसर्थ पीडित परिवारलाई यथासिघ्र उचित राहत क्षतिपूर्ति तथा आवश्यक उपचार सहयोग उपलब्ध गराउन वडाको तर्फबाट जोडदार माग गर्दछौं ।


मादी गाउँपालिका–६का वडाध्यक्ष डिल बहादुर क्षेत्रीले करेन्ट लागेर गम्भिर घाइते भएका युवकको पोखराको गण्डकी र मणिपाल अस्पतालमा उपचारपछि थप उपचारका लागि हिजो राति नै काठमाडौैं रिफर गरिएको बताए ।


‘अहिले गाउँमा खेतमा धान रोप्ने चटारो छ, बरालले आफ्नै बारीमा मकैको ढोडको भारी बोक्दा हाईटेन्सन लाइनमा छुँदा करेन्ट लागेर युवक गम्भिर घाइते भए, वडाध्यक्ष क्षेत्रीले भने, ‘मापदण्ड अनुसार हाइड्रोपावरको लापरवाही देखिन्छ, युवकको अहिले काठमार्डौको किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।’


घटनापछि गण्डकी प्रदेशका पूर्व मन्त्री एवम् सांसद बेद बहादुर गुरुङ ‘श्याम’ले घाइते युवकको उपचार र क्षतिपूर्तिको लागि सम्बन्धित कम्पन्नीको ध्यानाकर्षण गर्दै जोखिम युक्त लाईन तत्काल सुधार गरेर मात्र विद्युत सञ्चालन गर्न समेत अनुरोध गरेका छन् । 


 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्